पर्साका एसपी सुदिप पाठकको ठुलो सफलता

13

वीरगन्ज ।पर्सा प्रहरीले प्रतिबन्धित लागू औषध ट्रामाडोल क्याप्सुल ७६१७०पीस सहित चारजना मानिसलाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा १५स्थित प्रतिमा चौक स्थित टिकट काटने काउन्टर नजिजबाट ईभी गाडीमा बाट ७६१७०पीस लागूऔषध ट्रामाडोल क्यापसुल बरामद गरेको हो।  पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा बस्ने बर्ष २० को युवराज पटेल,बर्ष२१को अफजल देवान, जिल्ला धाडिङ्ग बेनिघाट रोराङ्ग गाऊपालिका वडा नम्बर ६ बस्ने बर्ष१९ को रामहरि मगर र सिदलेख गाऊपालिका वडा वडा नम्बर ७ बस्ने बर्ष १९ को राजकुमार मगराती रहेको प्रहरीले जनाएको छ।विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रिपुरबाट खटिगएको प्रहरी टोलीले प्रतिमा चौक टिकट काटने काउन्टर नजिक सार्वजनिक बागमति प्रदेश०८-००१ज०११७ नम्बरको ईभि गाडीलाई रोकी चेकजाँच गर्दा रातो र गुलाबी गरि दुईवटा सुटकेश भित्र लुकाई छिपाई राखिएको अवस्थामा trymadol hydrochloride capsyl ip ७६१०पिस सहित चार जना व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक सुदिप राज पाठकले पत्रकार सम्मेलनमा गरि बताउनुभयो । पक्राउ परेका निजहरू विरुद्ध लागूऔषध सम्बन्धि कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक  सुदिपराज पाठकले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here