काठमाडौं । चितवन, कालिका नगरपालिका-११ सिद्धि माझवाङबाट भरूवा बन्दुक १ थान बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१६ जैमुरेस्थित जैमुरे जंगल छेउबाट भरूवा बन्दुक १ थान बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















