चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

65

काठमाडौ, चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका क्रममा आज नेपाल आउँदैछन् । उनी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । वाङको भ्रमणलाई आगामी असोजमा हुने भनिएको चिनियाँ राष्टपतिको सम्भावित भ्रमणको तयारीका लागि आवश्यक व्यवथा मिलाउने रुपमा गर्न लागिएको भ्रमणका रुपमा पनि हेरिएको छ । चिनियँ राष्टपति सी जिङ फिङ आगामी असोजमा हुने भारत भ्रमणका शीलशीलामा छोटो अवधिका लागि नेपाल आउने अनुमान गरिएको छ । विदेशमन्त्री वाङले नेपाल भ्रमणका क्रममा राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनी चीन, पाकिस्तान र अफगानिस्तानबीच हुने त्रिपक्षिय बैठक सकेर पाकिस्तानबाट सिधै नेपाल आउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here