संसारकै अनौठो प्रेमजोडी जसले एक अर्काको रगत पिउछ

308

एजेन्सी / यस संसारमा पनि अनौठा अनौठा प्रेमी, प्रेमिका हुने गर्दछ । जसले एक अर्काको रगत पिउँने गर्दछ ।  सुन्दैमा पनि झसङ्ग हुने घटना युरोपेली राष्ट्र इटालीको हो । इटालीका ती जोडीले अर्काको रगत पिएर जीवन बिताउँदै आइरहेको छ । यसको कारण पनि निकै अनौठो रहेको छ । द मिररका अनुसार करीब पाँच वर्ष पहिले डेनिस नामका ती युवकलाई सर्कसका लागि एकजना सहायक चाहिएको थियो । त्यसको लागि उनले फेसबुकमा विज्ञापन दिएको रहेछ । त्यहीँ क्रममा उनको इलारिया नामकी युवतीसँग चिनाजानी भयो । त्यसबेला देखि डेनिस र इलारिया सँगै छन् ।

जर्मनीमा एकपटक भूतको कथामा आधारित रहेको एक शो हेरेपछि उनीहरुले एक अर्काको रगत पिउन सुरु गरेका हुन् । उक्त शोमा प्रेम प्रेमिकाले एक अर्काको रगत पिउँने गथें । त्यसबेला देखि उनीहरुले निरन्तर एक अर्काको रगत पिउँदै आएका छन् । रगत पिउने क्रममा डेनिस र इलारिया दुवैजनाले केही कुराको विशेष ध्यान दिने गर्दछन्, खासगरी गर्मीका दिनहरुमा जतिबेला रगत छिट्टै जम्दछ । जसका कारण सिरिञ्जबाट रगत निकाल्ने बित्तिकै उनीहरुले रगत पिइहाल्छन् ।

डेनिसका अनुसार रगत एक पौराणिक जूस हो, जुन जीवनसँग जोडिएको छ । डेनिस र इलारियाका अनुसार एकजनाको रगत अर्को व्यक्तिको शरीरमा जानाले प्रेममा अझै बढोत्तरी हुन्छ । साथै दुवैजनाको स्वभावमा पनि समानता आउनेछ । सोही विश्वासमा उनीहरुले एक अर्काको रगत पिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here