श्रोत नखुलेको भारतीय तथा नेपाली रुपैयाँ सहित पक्राउ

278

काठमाडौं– दक्षिणकाली नगरपालिका–५ स्थित फर्फिङ बसपार्कबाट काठमाडौं गोंगबु बस्ने भारत मोतीहारी घर भएका २६ वर्षीय मोहम्मद मजहर आलमलाई श्रोत नखुलेको ५ सय दरको भारतीय रुपैयाँ ९५ हजार र नेपाली नगद १ लाख ५२ हजार रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट फर्पिङ बसपार्कबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिँडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धानको लागि प्रहरीले राजश्व अनुसन्धान विभाग पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here