नेदरल्यान्ड्स महिला विश्वकप फाइनलमा, उपाधिका लागि अमेरिकासँग भिड्ने

172

एजेन्सी / नेदरल्यान्ड्स महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । २१ गते आइतबार उपाधिका लागि अमेरिकासँग भिड्नेछ ।

बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा स्वीडेनलाई १-० गोलले जित निकाल्दै नेदरल्यान्ड्स विश्वकप महिला फुटबलको फाइनलमा पुगेको थियो । नेदरल्यान्ड्सकी ज्याकी ग्रोइनले गोल गरिन् । खेलमा निर्धारित ९० मिनेटसम्ममा दुवै टिमले गोलरहित बराबरी खेलेका कारण ३० मिनेटको समय थपिएको थियो । ९९ औं मिनेटमा ग्रोइनले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएकी थिइन् । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि नेदरल्यान्ड्सले जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here