आफ्नै आमाको हत्या गर्ने जंगबहादुर प्रहरीको फन्दामा

233

काठमाडौं / खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या गर्ने छोरा प्रहरीको फन्दामा परेको छ । सप्तरी प्रहरीले सुरुङ्गा नगरपालिका-१ का ३४ वर्षीय जंगबहादुर पुलामी मगर पक्राउ गरी अनुसन्धानको थालनी गरेको छ । बिहीबार ६५ वर्षीया आमा धनमाया पुलामी मगरलाई टाउको र अनुहारमा खुकुरी प्रहार गरी हत्या गरेका थिए। रिसको झोंकमा जंगबहादुरले बिहीबार ४ बजे घरको आँगनमा बसिरहेकी धनमायालाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। शुक्रबार जंगबहादुरलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सप्तरी अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको सप्तरी प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here