रामेछाप / लिखुतामाकोशी गाउँपालिका-४ नागी भञ्याङस्थित सडकमा बा. ५ ख ४५९१ नम्बरको ट्रकले ठक्कर दिँदा सोही सडकमा काम गर्ने दाङ तुलसीपुर उपमहानगरपालिका-३ घर भएका ५५ वर्षीय अमृत सुनुवारको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको
छ ।

















