सामसुङको ग्यालेक्सी ट्याब ए २०१७ नेपाली बजारमा

313

काठमाडौं । सामसुङले ग्लालेक्सी ट्याब ए २०१७ नेपाली बजारमा ल्याएको छ । यो पूर्ण रूपमा इण्टरटेनमेण्ट डिभाइस भएको बताइएको छ । यसमा ८ इञ्चको डिस्प्लेका साथै दिनभर चल्ने ब्याट्री र सामसुङको उत्कृष्ट फिचर बिक्सबी होमको समेत व्यवस्था छ ।
‘ग्यालेक्सी ट्याब ए २०१७ मा शानदार डिस्प्ले, पावरफुल पर्फर्मेन्स तथा मल्टिमिडिया एक्स्पिरियन्सको राम्रो सम्मिश्रण रहेको छ,’ सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले भने । यो ट्याबमा ‘किड्स मोड’को सुविधा छ । किड्स मोडमा अविभावक तथा बच्चाका लागि एक लाइब्रेरी छ, जुन एजुकेशनले गेमहरूद्वारा सुसज्जित रहेको बताइएको छसहजै हातमा लिन सकिने यसको वजन ३ सय ६४ ग्राम छ । यसमा सामसुङका लोकप्रिय फिचर समावेश गरिएका छन् ।
(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here