प्रधानमन्त्री ओली किन अकस्मात पुगे सैनिक मुख्यालय ?

423

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अकस्मात सैनिक मुख्यालय पुगेका छन् । जंगी अड्डाको निरीक्षण गर्दै ओलीले नेपाली सेनाको व्यवस्थापकिय जिम्मेवारीमा निर्माणाधिन काठमाण्डौं तराई द्रुतमार्गका बारेमा जानकारी लिएका छन् । उनलाई उक्त आयोजनाका आयोजना प्रमुखले हालसम्म भएका प्रगतिका बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, मुख्य सचिव लोकदर्शन रेग्मी, रक्षा सचिव श्री रेश्मीराज पाण्डे तथा नेपाली सेनाका रथीहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओलीलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here