नेपाली चेली निकिताले जितिन् मिस टीन भारतको उपाधि

271

काठमाडौँ– मिस टीन भारत प्रतियोगिताको उपाधि नेपाली चेली निकिता थापामगरले जितेकी छिन्। भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर झापाको मेचीनगर नगरपालिका ५ नकलबन्दाकी १७ वर्षीया थापा विजेता बनेकी हुन्।

यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको मिस टीन भारत की उपाधि विजेता निकिताले उपाधिसँगै १ लाख भारु नगद पुरस्कार जितेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here