काठमाडौं / अविरल परेको वर्षाले राजधानीको कुलेश्वर क्षेत्र डुवानमा परेको छ । कुलेश्वरको म्याट्रो, कुलेश्वर अपार्टमेन्ट, ओरियन्टल कोलोनी पनि डुवानमा परेको छ । घरको पहिलो तला सम्पूर्ण डुवानमा परेका छन् । उक्त क्षेत्रमा आएको वाढीले थुप्रै ग्यासका सिलिण्डर, भाँडाकुँडा, लत्ताकपडाहरु पनि बगाएर ल्याएको स्थानीय संगीता राना प्रधानले जानकारी दिइन् । दिउँसो करिव एक वजेबाट कुलेश्वर क्षेत्र डुवानमा पर्न थालेको थियो । बल्खु खोलामा आएको बाढी बस्तीमा पसेपछि कुलेश्वर डुवानमा परेको हो । अहिले प्रहरीको उद्धार टोली प्रभावित क्षेत्रमा पुगिसकेको छ ।


















