काठमाडौँ- नेपाल विद्यार्थी संघले काठमाडौंमा राँके जुलुस निकालेको छ । नेविसंघले बिहीबार साँझ बालाजु, बाइपाहुँदै बालाजु चोकसम्म जुलुस निकालेको थियो । जुलुका क्रममा महानगरीय प्रहरी बृत्त बालाजुले १४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पूर्वकेन्द्रीय सदस्य सुशील भट्टसहित निरन्जन थापा, पवन थापा, सुबास घिमिरे, सुदीप अधिकारी, बिजय ढुङ्गना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदीप जङ साह, अमृत लामिछाने, उत्सब अवस्थी र अनिल महर्जन रहेका छन् ।
तेस्तै काठमाडौं पुतलीषडकबाट ५ जना कार्यकर्ता पक्राउ गरेको नेविसंघका नेता मनिष सिंखडाले जानकारी दिए । अध्यक्ष कुन्दनराज काफ्लेको नेतृत्वमा निकालिएको मसाल जुलुसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भारतबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी परिक्ष नगर्ने सरकारी निर्णयका विरुद्ध नेविसंघले आन्दोलन घोषणा गरेको हो ।


















