काठमाडौं / नेपाल सोतोकान कराते संघ को आयोजनामा नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक IGP सर्वेन्द्र खनाल ज्युको प्रमुख आतिथ्यमा सोतोकान कराते (WSKF) ट्रेनिङ सेमिनार २०१९ को आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिमा इबराहिम चलियाथ (CHIEF INSTRUCTIR WSKF ईन्डिया) , सशस्त्र प्रहरी बलका पुर्व महानिरीक्षक सैलेन्द्र कुमार श्रेष्ठ , अतिथिमा समुन्नत महिला मंच नेपालको केन्द्रिय अध्यक्ष सोमा खत्री,गायक सिताराम पोख्रेल,१ न क्षेत्र का सांसद दीपेन्द्र श्रेष्ठ,अन्तराष्ट्रिय पशुपती अन्नपूर्ण आश्रम ४ न प्रदेशका प्रमुख पितम्बर पाण्डे लगायत विशिष्ट ब्यक्तित्वहरु को उपस्थिती रहेको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथी खनालले गर्नु भएको थियो भने कार्यक्रममा लगभग ४०० जना खेलाडिहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथी खनालले कार्यक्रमलाई सम्बोधन गर्दै खेल को विकासका लागि सधैं तयार रहने प्रतिबद्धता जाहेर गर्नुभयो । ‘म सधैं हरदम तयार छु खेल को लागि मैले के गर्न सक्छु म गर्छु र राज्यले पनि खेल को बिकासका लागि अहिले धेरैनै पहल चालेको छ् म नेपाल प्रहरीको प्रमुख पदमा नरहेपनी सधैं खेलको विकासका लागि अगाडि बडी रहनेछु’ – उहाँले भन्नुभयो ।
कराते संघका उपाध्यक्ष दीपक खाण्डले कार्यक्रममा मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम सयोजक संघका कोषाध्यक्ष बिष्णु पुरुषले सहयोगी दाताहरुलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रम संघका अधयक्ष हेम कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । श्रेष्ठले कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।


















