आज चन्द्रग्रहण लाग्दैछ, यी चार राशीले ग्रहण हेर्न हुने

229

 मंगलबार मध्यरातमा चन्द्रग्रहण लाग्ने भएको छ । सूर्य, पृथ्वी र चन्द्रमा सिधा रेखामा परेको समयमा पृथ्वीको छाँया चन्द्रमामा पर्ने भएकाले खण्डग्रास ग्रहण लागेको बुझ्ने गरिन्छ ।

यो ग्रहण नेपालसहित भारत, चीन, मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आसपासका मुलुकबाट प्रष्टै देखिने छ । बरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुशार क्यानडा र उत्तर अमेरिकामा बसोवास गर्नेहरुले भने यो ग्रहणको अनुभव लिन पाउने छैनन् ।

नेपाली समय अनुसार राती १ बजेर ४७ मिनेटमा प्रारम्भ हुने ग्रहण विहान ४ बजेर ४५ मिनेटमा अन्त्य हुने जनाइएको छ । चन्द्रग्रहणमा आँखालाई हानी नोक्सानी पुर्याउने खालका किरण नहुने भएकाले जो कोहिले नाङ्गो आँखाले सजिलै हेर्न सकिने छ ।

धार्मिक विश्वासलाई आधार मान्दा चार वटा राशीलाई मात्रै शुभ मानिएको उहाँले भन्नुभयो–‘कर्कट, तुला, कुम्भ तथा मीन राशि भएकाहरुलाई शुभ मानिएकाले यी राशी भएकाले भोलीको ग्रहण हेर्न हुने जनाइएको छ ।’

मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक, धनु, मकर राशि भएकाहरुलाई भने यो ग्रहण हेर्न नहुने जनाइएको आचार्यले जानकारी दिनुभयो । धर्मशास्त्रीहरु ग्रहण अघि र पछि नदीतट, कुण्ड, तलाउमा नुहाई धुवाई गरी शुद्हुन, धार्मिक मन्त्रोचारण गर्न र ब्रत बस्न सुझाउने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here