हाइस पल्टिँदा ७ जना घाइते, एकको अवस्था गम्भीर

150

चितवन- चितवतमा हाइस पल्टिँदा ७ जना घाइते भएका छन।

काठमाडौबाट नारायणगढतर्फ गइरहेको ग १ ख ५३५५ नम्बरको हाइस भरतपुर महानगरपालिका १ आपटारीमा सोमवार साँझ ६ः ४५ बजे अनियन्त्रित भई पल्टिँदा हाइसमा सवार ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यात्रु सवैको भरतपुरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरइमध्ये चितवन रत्ननगर नगरपालिका २ का २५ वर्षीय रञ्जना तिमल्सिनाको अवस्था गम्भीर रहेको छ। उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाइएको छ।

यस्तै अन्य घाइते हुनेहरूमा भरतपुर महानगरपालिका ७ का ३३ वर्षीय विकास आलेमगर, बारा निजगढ नगरपालिका ६ का २१ वर्षीय अनिष राउत, सोही स्थानका २१ वर्षीया अनु राउत, काठमाडौं महानगरपालिका ३१ का ८१ वर्षीय कृष्ण रिमाल, ३० वर्षीय संदिप न्यौपाने, २८ वर्षीया मीना तिमल्सिना रहेको प्रहरीले जनाएको छ। हाइसमा १० जना यात्रु रहेकामा ३ जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ। हाइसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here