पूर्व उपराष्ट्रपति बाइडनको जित घोषणा हुन मात्र बाँकी

136

काठमाडौ -अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडनको जित घोषणा हुन बाँकी रहेको छ ।

पछिल्लो मत गणनाको रूझानको आधारमा जित घोषणा हुन मात्र बाँकी रहेको देखिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले सर्वोच्चमा कानुनी प्रक्रिया अगाडि बढाएकोले जित घोषणा गर्न केही ढिला हुन सक्नेछ ।

अमेरिकी टेलिभिजन सिएनएनले दिएको जानकारी अनुसार राष्ट्रपति पदका लागि आवश्यक हुने २७० इलेक्ट्रोरल मतका लागि भइरहेको प्रतिस्पर्धामा बाइडनले २५३ स्थान र ट्रम्पले २१३ स्थानमा बिजय हासिल गरेका छन ।

मतगणना भइरहेका पाँच महत्वपूर्ण राज्यमा बाइडनलाई १७ इलेक्ट्रोरल मत प्राप्त गर्न गर्नु आवश्यक रहेको छ । तर बाइडनले नेभाडा र एरिजोना, जर्जिया र पेन्सिलभेनियामा अग्रता बढाएका छन ।

ट्रम्पलाई पछयाउँदै आएका बाइडनले मत गणनाको अन्तिम समयमा आएर नेभाडाको र एरिजोनाको इलेक्ट्रोरल मतको आवश्यकता हुने भएको अवस्थामा यी सबै प्रान्तमा अग्रता लिएकाले पर्यवेक्षकहरूले बाइडनको जित घोषणा हुन मात्र बाँकी रहेको जनाएका छन ।तर ट्रम्पले मत गणना विवाद सर्वोच्चमा तानेर लाने प्रयास गरिरहेका छन ।

बिना प्रमाण उनले धाँधली भएको आरोप लगाइरहेको मिडियाहरूले जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here