काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्याममा विदेशी लगानी स्वीकार्य नहुने जनाएका छन् ।
सोमबार काठमाडौंमा संचार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एउटै संचार माध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने जनाए ।
उनले संचार माध्यमहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए ।
मन्त्री बास्कोटाले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने संचार माध्यामलाई कारबाही गरिने पनि जनाए ।

















