प्रधानसेनापति पूर्णचन्द्र थापा औपचारिक कार्यक्रम सम्पन्‍न गरी स्वदेश फिर्ता

309

काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा British Armed Forces ले आयोजना गरेको First Women, Peace and Security (WPS) CHODS Network Meeting तथा संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गरेको तेस्रो Chiefs of Defence Conference मा सहभागी भई आज स्वदेश फिर्ता हुनु भएको नेपाली सेनाको मुख्यालयले जनाएको छ ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीबृन्द र रक्षा मन्त्रालयका सहसचिवलगायतको उपस्थिति रहेको थियो । उहाँलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

भ्रमणको दौरान प्रधानसेनापतिथापाले संयुक्त राष्ट्रसंघ मुख्यालयमा कार्यरत विशिष्ट व्यक्तित्वहरु लगायत  Department of Defense (DoD) मा US Armed Forces का Vice Chairman of the Joint Chiefs of Staff General Paul J. Selva DoD अन्तर्गत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्रसंघ तथा  मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको कार्यक्रममा सहभागी हुन प्रधानसेनापति थापा मिति २०७६ असार २३ गते मित्रराष्ट्र संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here