शुरु भयो चन्द्रग्रहणको सुतक, ३ घण्टाको ग्रहणमा भुलेर पनि नगरौं यी काम

292

आज राति चन्द्रग्रहण लाग्दैछ । आकास सफा भएमा, बादल खुलेमा आजको चन्द्रग्रहण नेपाली आकासमा प्रस्ष्ट रुपमा अवलोकन गर्न पाइने छ । ज्योतिष शास्त्र अनुसार चन्द्र ग्रहण लाग्नु अगावै अर्था ९ घण्टा अगाडिबाट सुतक शुरु हुन्छ । राति सवा १ बजेदेखि चन्द्रग्रहण शुरु हुनेछ र झण्डै ५ बजेपछि हट्ने छ ।

ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण ९पूर्व र दक्षिणको बीच०बाट स्पर्श गर्ने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले जानकारी दिए । ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए ।

उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्नु नहुने समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० मा उल्लेख छ ।

कर्कट, तुला, कुम्भ र मीन राशि भएकाले भने ग्रहण हेर्न हुन्छ । उनीहरुका लागि ग्रहण शुभ मानिनेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।

ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्यग्रहणमा चार प्रहर ९१२ घण्टा० र चन्द्रग्रहणमा तीन प्रहर ९नौ घण्टा० अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहेका गौतमले बताए ।

सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । सुतक लागिसकेकाले बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यताअनुसार भोजन निषेध गरिएको छ । हिन्दू धर्ममा चन्द्रग्रहणलाई विशेष मान्यता दिइने गरिएको छ । यसबारे धेरै किसिमको मान्यता पनि रहेको छ ।

यो चन्द्रग्रहण खण्डग्रास हुनेछ । यसपटक यो ग्रहण ३ घण्टाको हुनेछ । ग्रहणकालमा धेरै किसिसमका नकारात्मक तथा हानिकारक किरणको प्रभाव रहन्छ । सनातन संस्कारमा र खगोलशास्त्रमा ग्रहणलाई बिशेष महत्व दिइएको छ । स्वास्थ अवस्थाको हिसाबले गर्भवती महीला, बृद्धबृद्धा, नवजात शिशुहरु अनि केटाकेटीका लागि ग्रहणको समय अत्यन्त महत्वपूर्ण र संबेदनशील मानिन्छ । सनातन संस्कारमा ग्रहणको संभाब्य नकारात्मक प्रभाबबाट बच्न बिभिन्न पूजाअर्चना गर्ने चलन पनि धेरै पहिलेदेखि छ ।

ग्रहणको समयमा केही पनि पकाएर नखान समेत भनिन्छ र ग्रहणका बेलामा कुनैपनि कार्यहरु नगर्न र घरभित्र आरामले बस्न भनिन्छ । यसो गर्नाले ग्रहणका समयमा बिकिरणहरु, नराम्रा वायू या उर्जाहरुवाट बच्न समेत मद्धत गर्ने बताइन्छ ।

ग्रहणका समयमा धारिलो हातहतीयार पर राख्ने र घरभित्र गर्न मिल्ने भएतापनि सीलाई बुनाईका कार्यहरु आदि नगर्न सल्लाह दिइन्छ । गर्भवतीहरुले ग्रहण लागेका सूर्य या चन्द्रलाई हेरेमा अपागंता भएका बच्चा जन्मने बिश्वास राखिन्छ । सन्तान गोपाल मन्त्रको जाप गर्भवती महिलाले गरेमा नकारात्मक उर्जाहरु बाट ग्रहणको समयमा बच्ने बताइएको छ ।

सूर्य ग्रहणलाई नहेर्नु भनिन्छ तथापि चन्द्रग्रहणलाई भने हेर्दा सूर्य जस्तो आँखाको क्षमता या दृष्टिमा कमी नआउने बताइन्छ । तथापि ग्रहणलाई नागों आँखाले नहेरेर केही भाँडामा पानी हालेर त्यसको प्रतिबिम्बमा हेर्न सुझाव दिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here