धादिङ / रिचार्ज कार्ड लगायत बिभिन्न सामान चोरी गर्ने कार्यमा संलग्न ज्वालामुखी-१ रातोमाटे बस्ने २० वर्षीय कमल कुमाललाई गोर्खा, गण्डक गाउँपालिका-१ घर्तिगाउँबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
असार १८ गते राति धादिङ बेनिघाट रोराङ गाउँपालिका-५ बाँदरेस्थित दिपेन्द्र सिलवालको पसलबाट नगद २ हजार‚ ४७ हजार रुपैयाँ बराबरको विभिन्न रक्सी र एनसेल तथा एनटिसीको रिचार्ज कार्डहरु समेत गरी जम्मा ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको अभियोगमा कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
कुमालको साथबाट प्रहरीले १८ हजार १ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड समेत बरामद गरेको छ ।

















