काठमाडौं / जस्ले शहीदलाई माया गर्छ, त्यसले देशलाई माया गर्छ भन्ने सन्देश प्रवाह गर्दै शहीद स्मारक समितिले राष्ट्रिय शहीद दशरथ चन्दको ११६ औं जन्म जयन्ति तथा शहीद स्मारक समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
अधिवक्ता चक्रमान श्रेष्ठको प्रमुख आतिथ्यमा र मोहन राज शाक्यको सभापतित्वमा भएको सो कार्यक्रममा देशको अस्तित्वमा नै प्रश्न उत्पन्न भैराखेको समयमा देशलाई सम्हाल्ने भरपर्दो कुनै निकाय नभएको जनताले नै राष्ट्र सामु आइपरेको चुनौतिहरूको सामना गर्नुपर्छ भन्ने सबै बक्ताहरूले प्रकाश पारेको सो कार्यक्रममा प्रा.डा. यादव प्र. ढुंगाना कवि हरिदास श्रेष्ठ, सरस्वति पन्त सरिना श्रेष्ठ लाखे, इ. भोला उपाध्याय, बलराम गौतम, सिद्धि महर्जन, प्रधुम्न लाल श्रेष्ठ, इन्द्र बहादुर शाक्य, विनोद आचार्य, शंकर मघैया आदीले बोल्नु भएको सो श्रद्धाञ्जली कार्यक्रममा शहीद स्मारक समितिको स्थापना भएको ४९ वर्ष पुगेको स्मरण गर्दैै देश र जनताको पक्षमा निरन्तर कार्यक्रम गर्दै आइरहेको चर्चा गर्दै सचिव रामकृष्ण हाडाले स्वागत मनतव्य राख्नु भएको थियो । सो कार्यक्रम हरिभक्त श्रेष्ठले संचालन गर्नु भएको थियो । देशको अवस्था देखेर आफु स्तब्ध भएको छु भन्दै शंकर मघैयाले विधी विधान मिचेर कुशासन चलाई राखेको १८ वर्ष भयो भन्नु भयो ।
वक्ताहरूले राष्ट्रिय शहीदहरूको चर्चा गर्दा शहीद चिनियाँ लाल सिंहलाई विर्सनु हुन्न किनकी शहीदहरूलाई जोड्ने र त्यो बेलाको अँध्यारो युगलाई उज्यालो तर्पm मोड्न आफ्नै घरमा महावीर इन्ष्टिच्यूट शैक्षिक संस्था खोलेर जनतामा जागरण फैलाउने सपूत हुन भन्ने बारे प्रकाश पार्नु भएको थियो ।
त्यसै गरी पर्व समय सुधार राष्ट्रिय समाज नेपालले, गुरु पूर्णिमाको महान पर्वको दिनमा भक्तपुर व्यासी स्थित एभरेष्ट इंगलिस स्कूलको सभा हलमा कक्षा ८, ९, १० र ११ का भाइ बहिनीहरूका विच साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । शिक्षिका चण्डेश्वरी हाछेथुले संचालन गर्नु भएको सो कार्यक्रममा शिक्षा दिक्षा क्षेत्रका सागर प्रा.डा.उत्तम कृष्ण कर्माचार्यले सहजीकरणको भूमिका निर्वाह गर्नु भएको थियो ।
भविष्यका कर्णधार भाइ बहिनीहरूका विच पर्व समय सुधार के हो, त्यसको लागि हामीले के गर्ने भन्ने बारे संस्कृतिवीद तथा सो समाजका अध्यक्ष महेश्वर जुजु राजोपाध्यायले सूर्यको किरण र भक्तपुर स्थित सूर्य विनायक गणेश भगवानको आँखा परस्पर जुरेको समयमा मनाउने विसुब समयको विशेष जात्रा विस्का जात्रा चैत्र ७ गते हुनु पर्ने हो । हामीले मनाउँदै आएको चाड पर्वहरू १ महिना पछाडी मनाउँदै आइरहेका छौं । श्राद्ध गर्दा पनि त्यस्को पूण्य र लाभ हामीले पाईरहेका छैनौं भने कुनै पनि कार्य शुभ मुहर्तमै गर्नु पर्छ भन्ने मान्यता यो समाजले उठाउँदै आएको छ । पर्व समय सुधार आगामी २०७७ सालबाट गर्दै जाने समाजको लक्ष्य छ भन्नु भयो । विशेष प्रकारको ज्ञान भएको महादेव र पार्वती स्वयंले हामीलाई किराँतेश्वर महादेव र किराँतेश्वरी पार्वतीका रुपमा मानव जिवनमा आज सम्मको संसार बारे सभ्यता र संस्कारमा हुर्काउन योगदान पु¥याएको हो भन्नु भयो ।
वहाँले नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई खुल्ला कर जोडी विन्ती पत्र र एक दृष्टि यता पनि भन्ने उत्तम कृष्ण कर्माचार्यबाट सम्प्रेषित पर्चा र क्यालेण्डर सहभागी विद्यार्थीहरूलाई वितरण गर्दै यस बारे घरघरमा अन्तक्र्रिया समेत गर्न सल्लाह दिएर विद्यार्थीहरूलाई यो नौलो विषयमा अभिरूची जगाउनु भयो ।
प्रा.डा. कर्माचार्यले जगत गुरु कृपालु महाराजबाट प्रवचनमा उदृत गरेको बाक्य स्मरण गर्र्दै “गु” भनेको अन्धकार र “रू” भनेको उज्यालो भएकाले अन्ध्यारोलाई उज्यालो तर्पm लाने महान कार्य आफ्ना गुरू महेश्वर जुजु राजोपाध्याय रहेकाले वहाँलाई नेपाली कलात्मक खादा ओढाएर सम्मान गर्दै पर्व समय बारे आफु शिष्यको रूपमा भाग लिंदै आएको चर्चा गर्दै एभरेष्ट इंग्लिस स्कूलमा नै यो कार्यक्रम संचालन गर्नुको अर्थ यो पर्व समयले सगरमाथा चुमोस भनेर यो स्कूलमा राखेको चर्चा गर्नु भयो ।
स्कूलका प्राचार्य भक्त राजभण्डारीले स्कूलको स्थापना काल २०४३ साल देखि हालसम्मको विस्तृत गतिविधी बारे प्रकाश पार्दै नमूनाको रुपमा सो स्कूलले समाजपयोगी वातावरण मैत्री र दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको जानकारी गराउँदा सहभागीहरू खुशी भएको महसुस गरिएको थियो ।
सो कार्यक्रममा सन्दिप सापकोटाले पर्व सुधार बारे व्याख्या गर्दै ‘न्इम्’ भनेको ब्रह्मा, विष्णु, महेश्वर हो । जसलाई सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता भनिन्छ भन्नु भयो ।
सो कार्यक्रममा समाजका सचिव बलराम श्रेष्ठ, भगवती न्यौपाने, निर्जला दवाडी, धनेश्वरी बास्कोटा, सरोज शर्मा, शरद राजोपाध्याय, शान्त चित्रकार साथै ठिक समयमा ठिक काम गर्नु पर्छ भन्दै समाजको गतिविधीलाई नजिकैबाट नियाल्दै आउनु भएका राष्ट्रिय समाज सुधार संस्थाका संयोजक शंकर मघैयाको उपस्थिती रहेको थियो ।


















