काठमाडौं / वैदेशिक रोजगारको सिलसिलामा युरोप-वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारेर ठगी गर्ने व्यक्ति पक्राउ गरिएको छ ।
धापासी बस्ने मदारी महतोको छोरा नबिन कुमार चौधरीले विभिन्न मितिहरुमा ५१ लाख ५० हजार रुपैँया लिएर काठमाण्डौं हुँदै ईण्डिया सम्म पुर्याई अलपत्र सम्पर्क विहीन भई फरार रहेको उजुरी आएपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर महाशाखाबाट खटिएको प्रहरी टोलीले चौधरीलाई टोखा ग्राण्डी अस्पताल नजिक फेला पारी पक्राउ गरेको हो ।


















