अन्जली अधिकारीको तीज गीत सार्वजनिक

254

‘लालु मै’ गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र पछिल्लो समय चर्चामा रहेका मोडलद्वय अन्जली अधिकारी र करिस्मा ढकालको अभिनयमा नयाँ तीज गीत सार्वजनिक भएको छ ।

पार्वती थापाको शब्द र गायिका तृप्ती खड्काको लय श्रृजनमा रेस्मा केसी, सन्दीप न्यौपाने र तृप्ती खड्का स्वयंको स्वर रहेको छ ।

वालाजु क्षेत्रमा छायांकन गरिएको यस गीतको भिडियोमा युवा उमेरको चन्चलता, प्रेम र घर माईतीको प्रसंगमाथी कलात्मक रुपले चित्रण गरिएको छ ।

बिक्रम चौहानको निर्देशनमा बनेको यस गीत उद्धव राज सिलवाल प्रोडक्सनको ब्यानरमा बजारमा आएको हो ।

हरितालिका तीज महिलाहरुको महान् चाडका रुपमा रहेकाले पछिल्लो समय तिजको रौनक पनि केहि महिना अघिदेखी नै सुरु हुने गरेको छ । बिषेशत संगीतिक क्षेत्रमा तिजका गीतहरु आउन सुरु भएसंगै तिजको लहर पनि गाउँ शहरमा प्रवेश गरेको आभाष हुन्छ र तिजलाई लिएर महिला दिदी बहिनीको उत्सुकता थपिने गरेको पाईन्छ ।

कतिपय अवस्थामा तिजका गीत छिटो आउनुप्रति बिरोध भएको भएपनि यसलाई सकारात्मक रुपमा लिन मिल्ने पाटोहरु पनि थुप्रै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here