एजेन्सी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जल सेना (नेभी) द्धारा इरानको ड्रोन ध्वस्त पारेको जनाएका छन् । होर्मुज क्षेत्र लडाकु पानी जहाजमा रहेको इरानी ड्रोन ध्वस्त पारेको ट्रम्पले जनाएका हुन् ।
अमेरिकी नेभीले रक्षात्मक कार्यका लागि इरानी ड्रोन ध्वस्त पारेको दाबी उनले गरेका हुन् । बिहीबार अमेरिकी नेभीको १००० यार्ड नजिक आएपछि सो ड्रोन ध्वस्त पारेको ट्रम्पले उल्लेख गरेका छन् ।
इरानले भने आफ्नो ड्रोन ध्वस्त भएको कुनै सूचना नआएको दाबी गरेको छ । गएको जुनमा इरानले एउटा अमेरिकी ड्रोन खसालेको थियो । त्यसपछि अमेरिका र इरानको सम्बन्धमा रहँदै आएको तनाव उत्कर्षमा पुगेको थियो ।


















