धनगढी विस्फोट अपडेट : घाइतेमध्ये १ जनाको मृत्यु

208

धनगढी– कैलालीको धनगढीस्थित सहिद गेटमा बिहीबार साँझ बम विस्फोट मा परि घाइते भएका ५ जनामध्ये एकजनाको मृत्यु भएको छ। विस्फोटमा परी गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

विस्फोटमा परी घाइते भएका अन्य ४ जनामा होटल सञ्चालक धनगढी–४, बोराडाडीका केशवराज पाण्डे, कञ्चनपुरको बलौरी–५ का लक्ष्मण सेरला, ठेगाना नखुलेका मोबिन खान र जितेन्द्र यादवको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ।

प्रहरीका अनुसार विस्फोट भएको ठाउँमा पेस्तोल पनि फेला परेको छ। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले घटना के कारण र कसरी भएको हो अनुसन्धान भइरहेको जनाएका छन्।

मोटरसाइकल पनि फेला पर्‍यो

घाटना स्थलमा एउटा मोटर साइकल पनि फेला परेको प्रहरीले जनाएको छ। से ७ प ३१४४ नम्बरको मोटर साइकल विस्पोट भएकै होटल अगाडि फेला परेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले मोटर साइकल घटनामा संलग्नको हुन सक्ने आशन्का गरिएको जनाए। प्रहरी उच्च श्रोतले घटनामा विप्लप नेकपाको संलग्नता रहेको हुन सक्ने जनाए पनि विप्लपले भने संलग्ता नभएको स्पष्ट पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here