काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले रुपन्देहीमा भगवान् गौतमबुद्धको मूर्ति तोडफोड भएको घटनाले धार्मिक सद्भावमा खलल नपुग्ने जनाएका छन् । बुद्धको मूर्ति तोडफोड घटनाले कुनै फरक नपर्ने पनि जनाए ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले एउटै घटनाले धार्मिक सहिष्णुता र सद्भावमा खलल हुन नसक्ने जनाए ।
बुद्ध प्रतिमाहरु तोडफोड गर्नेको खोजी भइरहेको भन्दै उनले दोषीहरुलाई कानुनको दायरामा ल्याइने जनाए ।

















