भप्सी खोलामा फेरि बाढी, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

352

काठमाडौं– महोत्तरीको बदिवासस्थित भप्सी खोलामा बाढी आएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

भप्सी खोलामा रहेको पक्की पुल केही दिनअघिको बाढीले बगाएपछि खोलाबाटै अस्थाई डाइभर्सन बनाएर सवारीसाधन चलाइएको थियो। शुक्रबार रातिको वर्षाले बाढी आएपछि बिहान ६ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।

अहिले सयौं सवारी र यात्रु बीच बाटोमै अलपत्र परेका छन्। प्रहरीका अनुसार पानी परिरहेकाले राजमार्ग खुलाउनका लागि अझै केही समय लाग्नेछ। पानीको बहाव घटेपछि मात्रै गाडी चलाउन दिने प्रहरीले जनाएको छ।

यसैबीच, पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पांग्रेभिरमा पहिरो झरेपछि मेची राजमार्गमा पनि गाडी चलेका छैनन्।

काठमाडौंबाट प्रदेश ३ को राजधानी हेटौंडा जाने दुईवटै सडक एक सातादेखि अवरुद्ध छन्।

फाखेल र सिस्नेरी हुँदै आवतजावत गर्ने दुवै सडकका विभिन्न ठाउँमा पहिरो खसेको र पहिरो पन्छाउन समय लाग्ने  भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here