भारत सरकारद्धारा प्रक्षेपण गरेको चन्द्रयान–२ पृथ्वीको कक्षमा पुग्यो

10

एजेन्सी / भारत सरकारद्धारा आज प्रक्षेपण गरेको चन्द्रयान–२ रकेट पृथ्वीको कक्षमा पुगेको भारतीय अन्तरिक्ष नियोग इसरोले जानकारी दिएको छ । ‘जीएसएलभी एमकेआईआईआई–एम१ ले चन्द्रयान–२ लाई सफलतापूर्वक पृथ्वीको कक्षमा पुर्‍याएको छ,’ इसरोले ट्वीट गर्दै भन्यो ।

आन्ध्र प्रदेशमा रहेको श्रीहरिकोटास्थित सतीश धवन स्पेस सेन्टरबाट भारतीय समयअनुसार २ बजेर ४३ मिनेटमा चन्द्रयान प्रक्षेपित भएको हो ।

ल्यान्डर विक्रम र रोभर प्रज्ञानसँगै अर्बिटर चन्द्रयान अन्तरिक्षमा पुगेको हो । ल्यान्डर र रोभर सेप्टेम्बर महिनाको आरम्भतिर चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने अपेक्षा छ । त्यहाँ पुगेमा उक्त क्षेत्रमा पुग्ने यो पहिलो रकेट हुनेछ । चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेको मितिसम्म कोही पुगेको छैन । चन्द्रमा पुग्ने यो मिसनले चन्द्रमाको सतहमा पानी, खनिज पदार्थ र चट्टानका प्रारूपहरूको डेटा संकलन गर्ने उद्देश्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here