गच्छदार भन्छन् : बालुवाटार जग्गा प्रकरणमा अख्तियारलाई सहयोग गर्छु

449
Chairman of Madhesi Janadhikar Forum-Loktantrik (MJF-L) Bijaya Kumar Gachhadar express his view after receiving a memorandum from the Reporter's Club Nepal on Tuesday in the Kathmandu reminding to promulgate the new Constitution on the given time. Photo: Kumar Shrestha/RSS

काठमाडौं– नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा सो जग्गा प्रकरणमा मुछिएको समाचार आइरहेका बेला गच्छदारले त्यसमा आफ्नो कुनै पनि संलग्नता रहेको प्रतिक्रिया दिएका हुन् ।

आईतबार साँझ भारतबाट स्वदेश फर्किएका गच्छदारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा आफूले बालुवाटारमा सडक फराकिलो बनाउनका लागि प्रस्ताव लगेपनि भूमि सम्बन्धि कूनै प्रस्ताव नलगेको पनि पटक–पटक दोहो¥याए ।

उपसभापति गच्छदारले आफू आँखाको उपचारका लागि अमेरिकाबाट सिँधै भारत फर्के पनि सो जग्गा प्रकरणको अभियोग छल्ने काम गरेको भन्दै विभिन्न समाचार माध्यामले समाचार दिएको उल्लेख गर्दै आपत्ति पनि जनाए । उनले सो प्रकरणबारे सोधपुछ गर्न चाहे आफूले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई पनि सहयोग गर्ने स्पष्ट पारे । अख्तियार संवैधानिक निकाय भएकाले त्यसले सोधपुछ गरे आफूले सहयोग गर्ने गच्छदारको भनाई छ ।

माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा गच्छदार उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार मन्त्री रहेका थिए । मन्त्रीको हैसियतमा सो जग्गा प्रकरणमा मुछिएको र त्यसबारे सोधपुछ गर्न अख्तियारले तयारी गरेपछि गच्छदार त्यसलाई छल्न अमेरिका र भारत भ्रमणमा गएको समाचार आएको थियो । त्यसमा सत्यता नरहेको गच्छदारको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here