प्रधानसेनापति र बंगलादेशका रक्षा विश्वविद्यालयको भ्रमणदलबीच भेट

93

प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपाल भ्रमणमा रहेको बंगलादेशको नेशनल डिफेन्स कलेजका भ्रमणदलले भेट गरेको छ । भ्रमणदलका प्रमुख मेजर जनरल नक्युब अहमेद चौधरीले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका हुन। उक्त भेटवार्तामा दुई पक्षीय आपसी हितका बिषयमा छलफल भएको थियो ।
भेटपश्चात भ्रमणदललाई जंगी अड्‍डामा नै श्री युद्धकार्य निर्देशनालयबाट नेपाली सेनाबारे जानकारी मूलक ब्रिफिङ्ग भएको थियो ।
उक्त भ्रमण दलले आइतबार बिहानै प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेको थियो । २७ सदस्यीय भ्रमण दल शनिबार नेपाल भ्रमणको लागि काठमाण्डौं आईपुगेको हो । उक्त भ्रमणदलले राष्ट्रिय सुरक्षा परिषद् लगायत पोखरास्थित पश्चिम पृतना हे।क्वा।को निरीक्षण भ्रमण गर्नुका साथै नेपालका केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । उक्त भ्रमणदल नेपाल भ्रमण सम्पन्न गरी साउन ९ गते बंगलादेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here