आफ्नै बुबामाथि हँसिया प्रहार

757

कैलाली /  आफ्नै बुबा ७५ वर्षीय काल्चे रावतलाई हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा घोडाघोडी नगरपालिका-११ सिसैया टोल बस्ने छोरा उदय रावतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

निज रावतले मादक पदार्थ सेवन गरी आफ्नै बुबाको हत्या गरेको र आमालाई समेत हँसिया प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले उदय रावतलाई पक्राउ गरेको हो ।

हसियाँ प्रहारबाट घाइते भएकी उनकी आमा ६० वर्षीया नन्दा रावतलाई उपचारको लागि घोडाघोडी अस्पताल सुख्खड लगिएकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here