त्यस्ता कर्जा प्राप्त गर्नका लागि सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार÷व्यवसाय हुनुपर्नेछ ।
त्यस्ता व्यवसाय सञ्चालन तथा विस्तारका लागि रु २५ लाखदेखि रु ९९ लाखसम्मको लघु उद्यम कर्जा र रु एक करोडदेखि रु तीन करोडसम्मको चालू तथा स्थिर पूँजी व्यवस्थापनका लागि कर्जा उपलब्ध गराइनेछ ।
दुवै प्रकारका कर्जाअन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा अन्य सामान खरिद गर्न स्थिर पूँजीकर्जा र चालू सम्पत्ति व्यवस्थापनको लागि चालू पूँजीकर्जा प्रदान गरिने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे सात कार्य दिनभित्र निर्णय गरी प्रदान गरिनेछ । यस्तै, घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा योजना ल्याएको छ । उक्त कर्जाको वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ ।
घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसीय आवश्यकता पूरा गर्न सक्नेछन् । यस कर्जा योजनाअन्तर्गत खरिद गरिने घडेरी कम्तीमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ ।
यो कर्जाको अवधि ५ देखि २० वर्षसम्म कायम गरिएको छ । बैंकले १८६ शाखा, १२५ एटिएम तथा २९ वटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ । चालू आवमा सबै जिल्लामा शाखा सञ्जाल पु¥याई कूल शाखा सङ्ख्या २१४ पु¥याउने लक्ष्य राखिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।


















