सिंहदरबार संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना

377

काठमाडौं / सिंहदरबारस्थित संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सोमबार एक कार्यक्रमका बीच सो परिसरमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालयको उद्घाटन गरेका हुन ।

उक्त अवसरमा उनले संघीय संसदका सांसद, कर्मचारी सबैलाई बैंकिङ सेवा दिने उद्देश्यका साथ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले एटिम सेवासहितको शाखा कार्यालय स्थापना गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई धन्यवाद दिएका हुन् । उनले सांसदहरुले सरकारी बैंक नै स्थापना गर्न माग गरेपछि सरकारको पहलमा सो बैंक संसद सचिवालय परिसरमा स्थापना भएको पनि स्मरण गराए ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले ६ महिनाभित्र आफ्नो सबैलाई प्रभावकरी ढंगले सञ्चालन गर्ने योजना तय गरेको जानकारी दिए । उनले बैंकले आफ्नो सेवालाई प्रभावकारी बनाउन नयाँ जनशक्ति र प्रविधिको विकासमा जोड दिइरहेको पनि जनाए ।

राष्ट्रिय वाणिज्य बैंकले देशका सबै जिल्लाहरुमा आफ्नो शाखा कार्यालय विस्तार गरिसकेको छ । सभामुख महराले राष्ट्रिय वाणिज्य बैंकले नेपालको अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान दिइरहेको पनि जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here