ललितपुर महानगरको प्रहरी प्रमुख निलम्बित

340

ललितपुर /  ललितपुर महानगरका प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बनमा परेका छन् । महानगरको योजना कार्यान्वयनमा आघात पुर्‍याएकाले निलम्बन गरिएको मेयर चिरिबाबु महर्जनले जनाए । ‘नगर प्रहरी सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०६७ को नियम ५५ र ५६ अनुसारको कसुर गरेकाले निलम्बन गरिएको पत्र कदम लालले बुझेका छन् ।

निलम्बनमा परेका प्रहरी प्रमुख महर्जनले सोमबार महानगरको प्रशासनबाट पत्र बुझेको जानकारी छ। प्रहरी प्रमुख कदमलाल महर्जनलाई निलम्बन गर्ने पत्र ललितपुर महानगरले साउन ५ गतेको मितिमा चलानी गरेको छ ।

ललितपुर महानगरपालिकाले पर्यटकको सवारी लागि पार्किङ्गको टेण्टरमा लगाएको नः टोलस्थित कम्पाउण्डमा रहेका पार्किङस्थलमा प्रहरी प्रमुख कदमलाल महर्जन र सामाजिक विकास महाशाखाका प्रमुख बाबुराजा महर्जनको उपस्थितिमा बिना तयारी जब्बरजस्ती पोखरीको सिलान्यास गरिएको हो । महानगरलाई जानकारी नै नदिई महानगरले गरेको निर्णय विरुद्ध लागेपछि महर्जन कारवाहीमा परेका हुन् ।

महानगरपालिकाले सो ठाउँ श्रावण १ देखि पाकिङ्गको लागि ठेक्कामा दिने निर्णय गरेको थियो । महानगरपालिकाले ठेक्काको लागि गत जेठ १० गते बोलपत्र आहवान गरेको थियो । यसअघि उक्त स्थानमा वार्षिक न्युनतम शुल्क बुझाउँदै नटोल सुधार समितिको नामबाट पार्किङ्ग सञ्चालन हुँदै आएको थियो । सो पार्किङमा निलम्बित नगरप्रहरी प्रमुख कदमलाल महर्जनको समेत संग्लग्नता रहेको वताउँछन् महानगरका एक सिनियर कर्मचारी ।

ललितपुर महानगरलाई न्युनतम् शुल्क बुझाएर मोजमस्ती गर्दै आएका कदमलाल महर्जन र उनको समूहको कब्जाबाट पार्किङ खुस्किएपछि पोखरी बनाउने नाममा महानगरको निर्णय र प्रक्रियाबिरुद्ध परिचालित भएका हुन् ।

उक्त स्थानबाट महानगरले बार्षिक २० लाख रुपैयाँ र पाँच बर्षमा एक करोड रुपैयाँ आम्दानी पाउने वताउँछन् महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद भट्टराई । पार्किङ्ग सञ्चालन भइरहेको स्थानमा महानगरले टेण्डर गरेपनि हाल उक्त स्थानमा तालाबन्दी गरिएको छ ।

पर्यटकको सवारी साधन पार्किङ्गका लागि टेण्डर गरी सम्पूर्ण प्रक्रिया सकिएपछि स्थान खाली नगरेर कदमलाल महर्जनकै सक्रियतामा उक्त स्थान तालाबन्दी गरिएको महानगरका प्रशासन शाखामा कार्यरत एक अधिकृतले वताए ।

ललितपुर महानगरकै स्थानीय सुरेन्द्रराज अवालेले टेण्डर प्रकृयाद्धारा प्रतिस्पर्धामा ल्याएर अधिकतम कर उठाउने प्रयास गरेको प्रति सकरात्मक पहल भएको भन्दै महानगरको निर्णयको प्रशंसा गरेका छन् । उनले भनेका छन्, पोखरी बनाउने अति राम्रो कार्य हो तर हिजोसम्म ठेक्काबाट कर उठाउँदा केही नबोल्ने आजैबाट पोखरीको कुरा उठ्नु रहष्यमयी छ।

ललितपुर महानगरपालिकाले बिगत ७र८ बर्ष अघिदेखि सो स्थान पर्यटक बसपार्कको रुपमा ठेक्कामा लगाउँदै आईरहेकोमा ठेकेदारले बुझाउने रकम धेरै न्युन देखिएको पनि अवालेको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here