विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ

207

तनहुँ- नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको (नेकपा) सम्बद्ध युवा संगठन नेपालका अध्यक्ष र सचिव मंगलबार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नेकपा विप्लव नेतृत्वको (नेकपा) सम्बद्ध युवा संगठन नेपाल तनहुँका अध्यक्ष नेत्र प्रसाद थापा र सचिव विष्णु कुमार श्रेष्ठ ‘दृष्टी’ रहेका छन्।

दमौली बजार क्षेत्रबाट विभिन्न पर्चा, पम्प्लेट लगायतको प्रमाणसहित थापा र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

उनका अनुसार ती दुवैलाई विभिन्न प्रमाणसहित नियन्त्रणमा लिई मंगलबारै तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो। आवश्यक पक्राउ पुर्जी स्वीकृत गराई राजद्रोह मुद्दामा थप अनुसन्धान भइरहेको लामिछानेले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here