विमानस्थलमा भत्किएको पार्किङस्थलबारे बुझ्न खोज्दा निर्माण कम्पनी सम्पर्कविहिन

207

सोलुखुम्बु / सोलुखुम्बुको फाप्लुमा निर्माणाधीन विमानस्थलको पार्किङस्थल निर्माणको जिम्मा लिएको निर्माण काष्टमण्डप उमा एण्ड कम्पनी जेभी सम्पर्कमा आउन आलटाल गरेको छ ।

निर्माणाधीन विमानस्थलको पार्किङ तथा बार भत्किन थालेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन दिएको निर्देशनलाई निर्माण कम्पनीले अटेर गरेको छ ।

सञ्चारमाध्यममा विमानस्थलको पार्किङ निर्मार्ण सम्पन्न नहुँदै भत्किएको समाचार आएपछि प्रशासनले स्थलगत निरीक्षण गर्दै साउन १ गतेको मितिले ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन पत्राचार गरेको थियो । तर प्रशासनले तोकेको समय मगंलबार सकिएको भए पनि निमार्ण कम्पनी उपस्थित हुन नसकेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जवाफ इमेलमार्फत प्राप्त भए पनि निर्माणकर्ता भने सम्पर्कमा आउन सकेको छैन । लिखित जवाफसमेत चित्तबुझ्दो नभएकाले कानुनी प्रक्रिया अघि बढाइने प्रजिअ रानाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here