जिम्मेवारी लिनेहरूले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नुपर्छ: प्रधानमन्त्री ओली

249

काठमाडौं / प्रधानमन्त्री केपी ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितता छानबिन समितिले प्रतिवेदन नबुझाउँदै त्यसको विवरण सञ्चारमाध्यमबाट गरिएपछि प्रधानमन्त्री ओली आक्रोशित भएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीप्रति ओलीले असन्तुष्टि व्यक्त गरेका हुन् । प्रतिष्ठानमा अनियमितता भएको विषयमा सरकारले जेठ ३० गते समिति गठन गरेको थियो। मन्त्रालयका सहसचिव मधुसूदन बुर्लाकोटीको संयोजकत्वमा समिति गठन गरिएको थियो।

समितिको हवाला दिँदै प्रतिवेदनको निष्कर्ष सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि प्रधानमन्त्री आक्रोशित भएका हुन्। त्यही प्रतिवेदन प्रतिष्ठानका सहकुलपतिसमेत रहेका उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले मंगलबार प्रधानमन्त्रीलाई बुझाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रतिष्ठानको तेस्रो सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छानबिन समितिको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्।

 मन्त्रालयका उपसचिव पुष्कर नेपाल, बाबुराम खनाल, लेखा अधिकृत ढुण्डीराज पौडेल र डा.अर्जुन सापकोटा सदस्य थिए। प्रतिवेदनमा प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको सार्वजनिक भएको थियो। समितिको कार्यशैली उपयुक्त नभएको जनाउँदै प्रधानमन्त्रीले भने, ‘यो प्रतिवेदन हो कि राजनीति ?समितिमा हुने सदस्यहरू छानबिन गर्न कि राजनीति गर्न जानुभएको ? ’, उनले भने, ‘जिम्मेवारी लिनेहरूले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नुपर्छ।’

उनले प्रतिवेदनको विश्वसनीयतामा प्रश्न उठाए। ‘प्रतिवेदन कुलपतिलाई बुझाउनुभन्दा पहिला अन्यत्र बुझाएर दबाब सिर्जना गर्न खोजिएको छ’, उनले भने, ‘म त्यस्तो दबाबमा पर्दिनँ। सत्यतथ्य बुझेर मात्र अघि बढ्छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here