– हुकुमबहादुर सिंह
क.मोहनविक्रम सिंहले २०२७-०२८ सालतिर आनन्दबहादुर क्षेत्रीको नामबाट ‘गद्दार पुष्पलाल’ र २०३४ सालमा छपालीको नामबाट ‘उग्र वामपन्थी विचारधारको खण्डन’ भन्ने पुस्तक प्रकाशित गरेका थिए । २०३५-०३६ सालतिर चौथो महाधिवेशन र पहिलेको कोअर्डिनेशन कमिटीपछि मालेअन्तर्गत रहेर काम गर्नेहरूले अवश्य पनि ती दुई किताब पढे होलान् तर त्यसपछिका कम्युनिस्टहरूले सायदै यी दुई किताब पढ्ने मौका पाए होलान् ।
मलाई यी दुवै पुस्तकको अध्यन गर्ने अवसर मिलेको थियो । ‘उग्र वामपन्थी विचारधारको खण्डन’ भन्ने पुस्तक त २०३४ भन्दा अघि नै त्यसको हस्तलिखित टाइप वा लिथोद्वारा काठमाडौं जिल्ला संगठन समितिअन्तर्गत रहेर भूमिगत रूपमा हामीले नै बा“डेका थियौ । त्यो पुस्तक झापाली समूहको आलोचनमा लेखिएको थियो । प्रस्तुत पुस्तक अहिले पढ्दा र त्यसमा उनले उठाएका सैद्धान्तिक पक्षहरू र अहिले उनले आफ्नै जीवनमा अपनाइरहेका सैद्धान्तिक र व्यावहारिक पक्षहरू पढ्दा र हेर्दा उनमा विकसित हु“दै गएको दक्षिणपन्थी संशोधनवादी विचलन र उनकै शव्दमा ‘गद्दारीको यात्रा’ उन्मुख देखिएको पाइन्छ । २०३४ सालअघिका र अहिलेका क.मोहनविक्रम सिंहलाई राम्ररी बुझ्न उनले लेखेका यी दुईवटा– आनन्दबहादुरको नामबाट ‘गद्दार पुष्पलाल’ र छपालीको नामबाट ‘उग्र वामपन्थी विचारधारको खण्डन’ भन्ने पुस्तक काफी छन् । यी दुबै पुस्तक अहिले उनका लागि बुमे¥याङग भएर उनैमाथि बज्रिएका छन् । बुमे¥याङग भन्ने अष्ट्रेलियन आदिवासीले प्रयोग गर्ने हतियार हो, जो शत्रुलाई वार गरेपछि पुनः फर्केर आफैलाई हान्न आउ“छ र त्यसको होसियारीपूर्वक प्रयोग गरिएन भने त्यसको शिकार आफै पनि भइन्छ । अहिले क.मोहनविक्रम सिंहले लेखेका ती दुई ‘बदनाम’ पुस्तकहरू उनकै लागि बुमे¥याङग भएका छन् । अहिले आएर उनका ती पुस्तकहरूमा उनको क्रान्तिसम्बन्धी र संयुक्त जनआन्दोलनसम्बन्धी राजनीतिक तथा सैद्धान्तिक आधारहरू कतिसम्म कमजोर धरातलमा उभिएका रहेछन् भन्ने स्पष्ट हुन्छ । उनले त्यस समयमा क.पुष्पलाल श्रेष्ठलाई उनको संयुक्त जनआन्दोलनसम्बन्धी अवधारणमा नेपाली का“ग्रेससित मिलेर नेपालको विद्यमान राजतन्त्रलाई र मूलतः एक दलीय निरङकुश पञ्चायती व्यवस्थालाई निर्मूल पार्ने सम्वन्धमा उनलाई नेपाली कांग्रेस परस्त, यहा“सम्म कि नेपाली कांग्रेसको पुच्छर भएको आरोपसमेत लगाएका थिए । तर अहिले उनी उनले क.पुष्पलाल श्रेष्ठलाई लगाएको उल्लेखित आरोपलाई नै आफै अंगाल्न पुगेका छन् । खासगरी संविधानसभाको पहिलो निर्वाचनपछि उनी कसरी र कति द्रुतगतिमा कांग्रेसको हिमायती बन्न गएका छन्, त्यसबाट स्पष्ट भएको छ ।
संविधानसभाको पहिलो निर्वाचनपछि संविधानसभामा जब संविधान निर्माणको बहस सुरु भयो, क.मोहनविक्रम सिंहले परम्परागत संसदवादी कित्तामा आफूलाई उभ्याउन पुगे । नेपाली का“ग्रेसका नेतासंग कुम मिलाएर भन्न थाले– ‘नेपालमा संसदीय व्यवस्थाको विकल्प छैन् ।’ उनले त्यहा“सम्म मात्रै आफ्नो अभिव्यक्तिलाई कायम राखेनन्, नेपाली कांग्रेसका नेतासँग नेपालमा राष्ट्रपतीय प्रणाली किन उपयुक्त छैन ? त्यसको कारण उनले भने “नेपालमा राष्ट्रपतीय प्रणाली स्थापना गरियो भने, माओवादी अध्यक्ष प्रचण्डको तानाशाही देशमा कायम हुने छ ।’ नेपाली कांग्रेसका नेतासँगबाट सापटी लिएर भन्ने गरेका यी भनाइहरूले उनको हददर्जाको राजनीतिक विचलन प्रदर्शन गर्दछ ।
अहिले पनि उनले ‘संसदीय राजनीतिक व्यवस्थाको विकल्प छैन’ भनेर बारम्बार भन्ने गरिरहेका छन् । उनको त्यो भनाइ उनकै शव्दमा कस्को सेवाको भावना अन्तर्निहित भएर बाहिर आएको हो ? के यसमा नेपालका दलीत, उत्पीडित, ज्यामी, किसान मजदुरप्रतिको सेवाको भावना अन्तर्निहित छ ? के यसमा नेपालका क्रान्तिकारी कम्युनिष्टहरूको भावना अन्तर्निहित छ ? उनले अहिले लिइरहेको नीति उनकै शव्दमा एकाधिकार दलाल पु“जीवाद तथा सामन्तवादको सेवाको भावनाद्वारा अन्तर्निहित छ भन्ने स्पष्ट छ । उनको पार्टीले सिद्धान्ततः नेपाली कांग्रेसलाई अझै पनि दलाल पु“जीपति तथा सामन्तवर्गको पार्टी भनिरहेको छ तर अहिले उनले त्यही वर्गप्रतिको सेवाको भावना अन्तर्निहित भएर ‘नेपालमा जननिर्वाचित राष्ट्रपति वा जननिर्वाचित प्रधानमन्त्रीको पक्षमा आफ्नो पार्टी नरहेको र नेपालमा परम्परागत संसदीय राजनीतिक व्यवस्थाको विकल्प नरहेको’ भनिरहेका छन् ।
उनले पार्टीका गतिविधि, आन्दोलनका नारा आदि सबैलाई २०६२–०६३को आन्दोलनको सीमाभित्रमात्रै राख्ने र सामान्य रूपले उनको भाषामा आन्दोलनको मित्रशक्ति नेपाली कांग्रेसबाट स्वीकृत हुने हदसम्म मात्र सिमित राख्न चाहन्छन् । त्यसैकारण नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिन र उसलाई खुशी वनाउन उनले नेपालमा संसदीय राजनीतिक व्यवस्थाको विकल्प नरहेको भनेका हुन् ।
उनले उनीद्धारा लिखित पुस्तकमा ‘संसदीय आन्दोलनको विरोध वा क्रान्तिकारी उपयोग’ भन्ने शिर्षकमा राजनीतिक स्वतन्त्रता आदिका लागि गरिने संघर्षमा जोडका कारणले संसदीय आन्दोलन सित निकट र अनुकुल सम्वन्ध कायम गर्ने गलत प्रवृतिको विरोध गर्ने भनेका छन् । तर अहिले आएर संविधानसभाले नेपालमा अग्रगामी संविधान वनाउने सुनौलो अवसर भएको समयमा भने उही पुरानो वासी, सडेगलेको संसदीय व्यवस्थाको पक्षमा आवाज उठाएर उनले आफूलाई नेपालको कम्युनिष्ट आन्दोलनमा क्रान्ति र माक्र्सवादका कुरा घेरै फलाक्ने तर वर्गीय दृष्टिकोणबाट सधै विचलित हुने नेताका रूपमा पुनर्पुष्टि गरिरहेका छन् । र वर्तमानमा नेकपा (क्रान्तिकारी माओवादी)ले अगाडि सारेको संसदीय व्यवस्थाको विकल्पमा क्रान्तिकारी कम्युनिस्टहरूले देशमा संघीय जनगणतान्त्रिक व्यवस्थाको स्थापनाको लागि संघर्ष गर्नुपर्छ भन्ने भनाइमा असहमति जनाउ“दै यो नारा दिने समय आएको छैन र यो नारा दिंदा प्रतिगामी शक्तिहरू खासगरी राजतन्त्रवादीहरूले फाइदा लिन्छन् भनेर उक्त नाराको विरोध गरेका छन् ।
यसरी आजभन्दा करीब ४९ वर्ष अगाडि (२०२७) उनले जे भनेका थिए वा जसको विरोधमा उनी एउटा क्रान्तिकारी कित्तामा उभिएको छु भनेका थिए, त्यो फगत एउटा देखावटी मात्रै –एउटा क्रान्तिकारी लफ्फाजी सिवाय केही रहेनछ भन्ने स्पष्ट भएको छ र त्यस समय क. पुष्पलाल श्रेष्ठ र तत्कालीन झापाली क्रान्तिकारीहरूमाथि लगाएका उनका ती आरोपहरू अहिले उनकै लागि बुमे¥याङग भएर उनैमाथि बर्जिन गएका छन् भन्दा अतिशयोक्ति ठहर्ने छैन । [email protected]–जनधारणा साप्ताहिक


















