एउटै घरभित्र २७ वटा गोमन सर्प फेला

256

झापा / काठमाडौं झापाको गौरादहमा अनौठो दृश्य देखिएको छ । यहाँको एउटा घरमा २७ वटा सर्प फेला परेपछि अनौठो खुलासा भएको हो ।

गौरादह नगरपालिका-५ चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एउटा ठुलो सर्पसहित २७ वटा गोमन सर्प भेटिएको जनाइएको छ ।

धेरैजसो सर्पका बच्चा रहेका थिए । गोमन सर्प विषालु सर्पमा पर्दछ । एउटा सर्प मारेको र त्यसपछि राती अरू पनि सर्प भएको आशङ्कामा दुलो खन्दा बग्रेल्ती सर्प भेटिएपछि परिवारको होस हवास नै उडेको थियो ।

शर्माका छोरा सन्दीपका अनुसार नसोचेको सर्पहरू भेटिएका हुन् । उनका अनुसार रातको ११ बजे स्थानीयहरूको सहारामा सबै सर्पहरू गाडिएको छ । रातभर निन्द्रा नलागेको समेत परिवारले जनाएको छ । तराईमा वर्षायाममा सर्पको समस्या देखा पर्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here