जुनकारणले जनयुद्ध भयो, त्यो समस्या ती कारणहरु जस्ताको तस्तै छ : सांसद गिरी

182

काठमाडौं / नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नेपालमा जुनकारणले जनयुद्ध भयो, त्यो समस्या ती कारणहरु जस्ताको तस्तै रहेको उल्लेख गर्दै नेपालमा भएको दश वर्षे जनयुद्धले मेचमा बस्ने शासकका अनुहार फेरिएपनि राज्यसंस्था नफेरिएको जनाए ।

राजनीतिक चिन्तकसमेत मानिएका सांसद  गिरीले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफल भाग लिँदै  १० वर्षे जनयुद्धले शासकका केही अनुहार मात्रै फेरेको जनाएका हुन् ।

‘कुन कारणले नेपालमा दीर्घकालीन जनयुद्ध भएको थियो ? के त्यो जनयुद्धले नेपालको राज्य संस्थालाई बदलेको छ ?’, उनले प्रश्न गरे, ‘राज्यसंस्थाको रुपान्तरणको कुरा त छाड्नुस, हस्तान्तरण पनि भएको छैन।’

नेपालमा भएको जनयुद्धले उठाएको राज्यसंस्थाको परिर्वतन नहुन्जेल केही हुन नसक्ने उनको भनाइ थियो। ‘जनयुद्धले फेर्न खोजेको त्यो राज्यसंस्था परिवर्तन नहुन्जेल केही हुँदैन’, उनले भने, ‘अहिले त शासनका अनुहार मात्रै फेरिएका छन्। अनुहार मात्रै बदलिएका छन्, प्रधानमन्त्री, गृहमन्त्री र अन्य मन्त्रीहरुका रुपमा।’ सांसद गिरीले प्रधानमन्त्री र मन्त्रीहरुले संसदलाई छल्न खोज्नु गलत हुने बताए। ‘भारतका प्रथम प्रधानमन्त्री जवहरलाल नेहरुले कहिल्यै संसद छलेनन्, उनले हरेक मुद्दाको संसदमै सामना गरे’, गिरीले भने, ‘अहिले प्रधानमन्त्री र सरकार के संसद फेस गर्न तयार छरु । प्रधानमन्त्रीले आफैँ कतिपटक छल्न खोजेको होइन र ? यसमा सभामुखमाथि प्रमुख जिम्मेवारी हुन्छ।’ गिरीले प्रतिपक्षले संसद अवरुद्ध गरेर गलत उदाहरण पेश गरेको पनि जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here