विप्लवका कास्की जिल्ला सेक्रेटरी पक्राउ

101

काठमाडौं– विप्लव नेतृत्वको (नेकपा)का कास्की जिल्ला सेक्रेटरी सुजन विश्वकर्मा पक्राउ परेका छन्। विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरिएको हो ।

 विकले आफू लडाकु कमाण्डर भएको जनाउँदै धम्की दिँदै हिँड्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

यसअघि विप्लवका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई विप्लवले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्र खटाएको बुझिएको छ ।

विकका साथबाट केही थान मोबाइल सेटसमेत फेला परेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here