नेपालको विश्वकप छनोट यात्रा संकटमा

99

काठमाडौं / नेपालले पहिलो खेलमा कतारसँग ४ विकेटको अप्रत्यासित हार व्यर्होन बाध्य भएपछि नेपालको विश्वकप छनोट यात्रा संकटमा परेको छ । दोस्रो खेल वर्षाका कारण सुरु हुन सकेन । ७ ओभरमा छोट्याइएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले हरायो । यसले नेपाली टोलीलाई राहत दियो । तर टी-२० विश्वकप छनोटको एसिया फाइनलको शीर्ष स्थानमा रहन आफूले मात्र जितेर पुग्दैन्थ्यो, अरुको खेलमा पनि भर पर्नु पर्ने अवस्था कायमै थियो ।

आज मलेसिया ८ विकेटले हार्‍यो । यो खेलमा जित सिंगापुरको थियो तर विश्वकप ग्लोबल छनोटको यात्रा अब नेपालको आफैं हातमा आइपुगेको छ । अर्थात अरु टोलीको नजितामा भर पर्नु पर्दैन । यदि नेपाले बाँकी दुबै खेल जित्यो भने शीर्ष स्थानमा रहँदै ग्लोबल छनोट पुग्नेछ ।

तीन खेल खेलेको सिंगापुर ५ अंकसहित शीर्ष स्थानमा छ । उसले अब नेपालसँग खेल्न बाँकी छ । यो खेल भोलि हुनेछ । ३ अंक जोडेको कुबेतले पनि नेपालसँग नै खेल्न बाँकी छ । यदि नेपालले दुबै टोलीलाई हरायो भने ६ अंक हुनेछ र शीर्ष स्थानमा रहँदै टी(२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here