काठमाडौं– निर्मला हत्याको एक बर्ष भईसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुदै आएको छ ।
एक वर्षको स्मृतिमा नेपाल विद्यार्थी संघले निर्मलालाई न्याय माग्दै माइतीघरमा प्रर्दशन गरेको छ।
एक वर्ष सम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरेको हो। ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाविरुद्ध नाराबाजी गरेका थिए।
कंचनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कार पछि हत्या भएको थियो।


















