‘पासवर्ड’ पोस्टरमा कामुक सन्नीदेखि रिसाहा अनुप

192

काठमाडौं– भाद्र २७ मा रिलिज हुने नेपाली फिल्म ‘पासवर्ड’ को अफिसियल पोस्टर लञ्च भएको छ । पोस्टरमा सन्नीसहित फिल्मका प्रमुख कलाकारहरु फिचर्ड छन् । एक पोस्टरमा अभिनेता द्वय अनुपविक्रम शाही र विक्रम जोशीलाई रिसाहा अवतारमा देख्न सकिन्छ । भने, अर्को पोस्टरमा सन्नी कामुक रुपमा देखिएकी छन् ।

रविन्द्र झा, बुद्धि तामाङ, प्रविण खतिवडा, लिशा सुनार, विक्रान्त बस्नेतलगायतका कलाकारहरुलाई पनि पोस्टरमा स्थान दिइएको छ । सन्नीले ठुम्का लगाएको यो फिल्मको ‘मेरो नाम सन्नी’ बोलको गीत यसअघि नै इन्टरनेट रिलिज भइसकेको छ । यो गीतले युट्युबमा राम्रो भ्यूज बटुल्न सफल भएको छ । फिल्ममा उनको संवादसहित केही सिन पनि रहेको निर्माण टिमले जनाएको छ ।

धिरेन शाक्य, परी राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको पनि ‘पासवर्ड’ मा अभिनय रहेको छ । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के। थापा सह–निर्माताको रुपमा रहेका छन् । सम्राट बस्नेत फिल्मका निर्देशक हुन् । भने, सौरभ लामा छायाँकार हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here