काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लुकाई छिपाई ल्याएको सुन १ केजी सहित रसुवा गोसाईकुण्ड गाउँपालिका-५ घर भएका ३२ वर्षीय पेम्वा दिण्डुप तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट संयुक्त रुपमा खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा९ प २७२६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तामाङले पाईन्टको पेटी लगाउने स्थानमा ४ वटा टुक्रामा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।


















