एजेन्सी / भारतीय नागरिक तीन फिट उचाई भएका गणेश विठ्ठलभाई बारैयाले संसारकै सबैभन्दा होचो कद भएका डिग्रीधारीका रुपमा गिनिज बूकको वल्र्ड रेकर्डमा दर्ता गर्ने भएका छन् । बिहीबार स्थानीय मेडिकल कलेजमा पहिलो दिन थियो । उनी पहिलो वर्ष शैक्षिक शत्रको सम्मेलन कक्षमा पहिलो लाईनमा उभिएका थिए । यसका लागि उनले धेरै लामो कानूनी लडाईं लड्नु पर्यो । कानूनी लडाईंपश्चात मात्र उनलाई यो डिग्री प्राप्त हुनेछ ।
गणेशले अनुभव गरेअनुसार पहिलो दिन रमाईलो थियो । किनभने सबै साथी र डाक्टरहरुले उनको भव्य स्वागत गरेका थिए । यो डिग्री पाउन दुइ मोर्चाबाट लडेको लडाईं सफल भएकाले उनलाई निकै खुशी लागेको गणेशले सुनाए । उनले प्राज्ञिक मेहनत र कानूनी लडाईं लड्नु परेको थियो ।
गणेशलाई एनईईटी परीक्षा९२०१८ मा २२३ अंक प्राप्त भएपछि पनि मेडिकल कलेजमा भर्ना हुन दिईएको थिएन । यसको एकमात्र कारण थियो उनको कम उचाई । उनी जम्मा ३ फिटका मात्र छन् । त्यसबेला उनको तौल थियो जम्मा १४ किलोग्राम । त्यसैले उनलाई कुनैपनि मेडिकल कलेजमा भर्ना दिईएको थिएन । उनले १२ कक्षाको विज्ञान बिषयको परीक्षामा ८७ प्रतिशत अंक ल्याएर पास गरेका थिए ।
सर्बोच्च अदालतको सहारा
यसपछि गणेशका शिक्षक र स्कूलले आफ्नो मेधावी विद्यार्थीको हक रक्षार्थ कानूनी लडाईं लड्ने निश्चय गरे र सर्बोच्च अदालतको ढोका ढक्ढक्याउन पुगे । अन्तत सर्बोच्च अदालतले सबै सुनुवाई सकेपछि गणेशको पक्षमा फैसला सुनायो । उनी उच्च शिक्षा पाउन सफल भएका छन् । अब उनले एमबीबीएसको अध्ययन गर्न पाउने भएका छन् । उचाई कम भएकै कारण उनलाई अब कसैले पनि रोक्न सक्ने छैनन् ।



















