दोलखामा पहिराले १० घर पुरिए, दुई जना बेपत्ता

92

काठमाडौं– दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरो जाँदा दुई जना बेपत्ता भएका छन् भने १० घर पुरिएका छन्। गौरीशंकर गाउँपालिका वडा नम्बर १ झगडे जुगुमा गएराति पहरो खसेको हो।

पहिरोमा १० घर पुरिएको र अन्य ११ वटा घरमा बस्न नमिल्ने गरी क्षति भएको दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए। पहिरो पीडित स्थानीयलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ।

पहिरो खस्न थालेपछि घरबाट निस्किएका स्थानीय जगतबहादुर खत्री सम्पर्कबिहीन रहेको प्रजिअ रिजालले जानकारी दिए। पहिरोमा परेको एउटा गाडीको उद्धार गर्न गएका अर्का स्थानीय अन्दाजी २० वर्षका निशान खड्का पहिरोमा पुरिएर बेपत्ता भएका छन्।

काठमाडौंबाट जाँदै गरेको बस पहिरोमा पुरिएपछि उद्धार गर्न गएको टोलीमा खड्का पनि गएका र उनी पहिरोमै परी बेपत्ता भएका प्रहरीले जनाएको छ। घटनाको थप अध्ययन, राहत र उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रिजाल नेतृत्वको टोली पनि घटनास्थलतर्फ जाँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here