काठमाडौं । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका १ को अध्यक्षमा सुशिल लामा १ मतको मतान्तरमा विजयी भएका छन्। उनी नेपाली कांग्रेसको तर्फबाट ४ सय २ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र राजु आले तामाङले ४०१ मत ल्याएका छन् । नेकपा एमालेका सुनिल कुमार लामाले २ सय ३७ मत ल्याएका छन् ।
















