अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चल्यो, २० जनाको मृत्यु

73

काठमाडौं– अमेरिकाको टेक्सासस्थित इआई पासोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ। २४ जना घाइते भएका छन्।

एलपासो शहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गोलीकाण्ड भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन्। उनी एक्लैले गोली चलाएको प्रहरीको अनुमान छ।

उनी डालास क्षेत्रका बासिन्दा हुन्। आरोपितलाई पक्राउ गर्न गोली नचलाएको स्थानीय प्रहरी जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना निकै दुःखद भएको जनाएका छन्। अमेरिकी नागरिकलाई हतियार राख्न पाउने अधिकारले यस्ता घटनाहरु बारम्बार हुने गरेका छन्। व्यक्तिलाई हतियार राख्न दिने कि नदिने भन्नेबारेमा ठूलो बहस भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here